काठमाडौं – दोलखाको तामाकोसी गाउँपालिका वडा नं. २ स्थित अमर मावि भतरेचौर मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ । उक्त घटनापछि मतदान स्थगित भएको छ ।
एकैचौटी धेरै मतदाता मतदान स्थलभित्र छिर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । उक्त भिडले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि पेस्तोलबाट एक राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । सो मतदान स्थलमा प्रहरी नायव निरीक्षक (सई) को नेतृत्वमा ७ जनाको टोली खटिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
