काठमाडौं– अब शुल्क लिएर विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हेर्न पाइने भएको छ ।सर्वोच्च अदालतले शुल्क लिएर विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न बाटो खोलिदिएको छ। अधिवक्ता किशोर पौडेलले दायर गरेको रिटमाथि प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश गरेको हो।
मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले प्रतिग्राहक ५ सय रूपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको आदेशलाई निरन्तरता नदिने आदेश गरेको छ।सर्वोच्चले यसअघि यसरी शुल्क लिने कार्य नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। बुधबार दुवै पक्षको बहस सुनेपछि उक्त आदेशलाई निरन्तरता दिन नपर्ने बताएको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
