Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखा नगरले जारी गर्यो अतिक्रमण गरेका सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न ३५ दिने सुचना


  • शुक्रबार, भाद्र १७ २०७९

  • टोखा नगरले जारी गर्यो  अतिक्रमण गरेका सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न ३५ दिने सुचना

    काठमाडौं – टोखा नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेर व्यक्तिगत प्रयोग गर्नेहरुलाई खाली गर्न ३५ दिने सार्वजनिक सूचना निकालेको छ । भदौ ९ गतेको नगर कार्यपालिकाको बैठकको यहि निर्णयअनुसार उक्त सूचना निकालेको हो। ३५ दिनभित्र अतिक्रमित सरकार तथा सार्वजनिक जग्गा खाली गराउन सबै वडाकार्यालयहरुलाई सूचना टाँस्न नगरले निर्देशन दिइसकेको छ । ३५ दिनभित्र खाली नगरे नगरपालिकाले नगरपालिकाको कानुनअनुसार अघि बढ्न नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शंकरराज पाठकद्धारा जारी सुचनामा जनाइएको छ । टोखा नगरपालिकाको प्रमुख प्रकाश अधिकारी र उपप्रमुख मुरारी तामाङले टोखाको सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिने स्पष्ट पारे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij