काठमाडौं– नेपछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ४८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७७६ पुगेको छ । थप एक जनाको मृत्युसँगै कोरोनाबाट ज्यान गुमाउने ११ हजार ९५४ जना पुगेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
