काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।
आइतबार बिहान काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयअगाडि गरिएको प्रदर्शनका क्रममा केही व्यक्ति पक्राउ परेका छन् ।
सत्तारूढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारीमा आबद्ध व्यक्तिहरूले प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप समेत भएको छ ।
उनीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
