Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डा.बाबुराम भट्टराई र उपेन्द्र यादव अलग्गिए


  • मंगलबार, असार २८ २०७९

  • डा.बाबुराम  भट्टराई र उपेन्द्र  यादव अलग्गिए

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले आज अलग–अलग बैठक बोलाएका छन् ।
    भट्टराई पक्षले आज नै काठमाडौंको जडिबुटीस्थित एक ब्यांक्वेटमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । बैठक दुई दिनसम्म चल्ने छ ।
    यता उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि पर्साको वीरगञ्जस्थित एक होटलमा बोलाएको छ । भोलिदेखि टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने यादव पक्षले जनाएको छ ।
    यादव र भट्टराईले पार्टीबाट अलग–अलग हुने समझदारी गरिसकेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij