Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री देउवा र लिउ जियानचाओ विच भेटवार्ता


  • आइतबार, असार २६ २०७९

  • प्रधानमन्त्री देउवा र  लिउ जियानचाओ विच भेटवार्ता

    काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

    प्रधानमन्त्री देउवा र उनीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमाा भेटवार्ता भएको हो । चार दिने भ्रमणका लागि आइतबार बिहान मात्रै नेपाल आइपुगेका जियानचाओले आफ्नो पहिलो भेट नै प्रधानमन्त्री देउवासँग गरेका हुन् ।

    उनले सोमबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्नेछन् । मंगलबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij