Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यस्ता छन् मन्त्रिपरिषदले गरेका निर्णयहरू


  • बुधबार, असार १५ २०७९

  • यस्ता छन्  मन्त्रिपरिषदले गरेका निर्णयहरू

    काठमाडौं– मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ। सूचना तथा सञ्चारमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उक्त बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका हुन्।

    • विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने।
    • सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली–२०७९को मस्यौदाथि लोकसेवा आयोगको परामर्श लिने।
    • मध्यभोटेकोशी जलविद्युत् आयोजनाको २२० केभी प्रशारण लाइन विस्तारका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।
    • कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने।
    • भेडेटार स्काइवाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने।
    • महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुख हटाउने।
    • बृहत्तर जनकपुर विकास परिषद् कोषको अध्यक्षमा धनुषाका शीतल साहु पुर्वेलाई नियुक्ति गर्ने।
    • निजामती सेवा पुरस्कारका लागि सिफारिस समितिको सदस्य तोक्ने।
    • श्रेणीविहीन स्थायी कार्यालय सहयोगीहरुको सेवा समूह र पद परिवर्तन गर्ने।
    • काठमाडौं उपत्यकाभित्रका प्रशारण लाइन र सब–स्टेशनमा संरचनागत सुधार, विस्तार र स्तरोन्नतिका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारबाही चलाउने अधिकारीसमेत तोक्ने।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij