Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओली दम्भको परिणाम : सग्लो नेकपा चार टुक्रा !


  • मंगलबार, असार १४ २०७९

  • ओली दम्भको परिणाम : सग्लो नेकपा चार टुक्रा !

     

    काठमाडौं– बामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी( राष्ट्रिय एकता अभियान) नामको दल घोषणा गरेपछि अघिल्लो निर्वाचनमा दुई तिहाई नजिक पुगेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चार टुक्रामा विभाजित भएको छ । झण्डै पाँच वर्ष अघि संघिय र प्रदेश निर्वाचनको पुर्व सन्ध्यामा तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादी पार्टी एकताको घोषणा गरेका थिए । निर्वाचनमा कार्यगत एकता गरेर अघि बढेका नेपालका दुई ठुला कम्युनिष्ट पार्टीले निर्वाचन लगतै एकता गरे ।
    एकिकृत रुपमा नेकपा निर्माण हुँदा संघिय संसदमा दुई तिहाई नजिक पुग्यो । मधेश प्रदेश बाहेक छ वटै प्रदेशमा नेकपाको नेतृत्वमा सरकार गठन भयो । राष्ट्रिय सभामा त झण्डै प्रतिपक्ष विहिन हुनेगरी नेकपाको बचश्र्व कायम भयो । संसदीय व्यवस्था नै नमान्ने कम्युनिष्ट पार्टीले संसदमा देखाएको यो उपस्थिती सामान्य थिएन ।
    यो अदभुत शक्तिका शक्ति शाली नेता भने केपी शर्मा ओली । पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा उनको उदयलाई ओली युग नै भने पनि फरक नपर्ने भयो । पार्टी भित्र तिन जना पुर्व प्रधानमन्त्री नै नेता थिए । सशस्त्र विद्राह, झापा काण्ड र संसदीय अभ्यासबाट खारिएका नेताहरु तथा वडा तहसम्म जुजारु कार्यकर्ताको पत्ति भएको नेकपालाई नेताहरुले व्यवस्थापन गर्न नसक्दा आज चार चिरामा विभक्त हुनु परेको छ ।
    यो नियति हुनुमा पहिलो नम्बरको नेता र मुलुकका प्रधानमन्त्रीका नाताले केपी शर्मा ओली मुख्य जिम्मेवार हुन । उनको अंहकार र दम्भले कमजोर बन्दै गएको पार्टी अन्ततः एमाले, माओवादी, नेकपा एस र बामदेव गौतमको एकता अभियानसम्म विभाजित भएको छ । कमजोरी नेकपा भित्रका अरु नेताहरुको पनि थियो । तर ओली भित्र जागेको महत्वकांक्षा, आत्मरती र एक्लै अघि बढ्ने सोचले नेकपा झरासाही बन्न पुग्यो ।
    ओली अंहकारले पार्टी मात्र चार टुक्रा भएन, संघ र प्रदेशका सरकार पनि छिन्न भिन्न भए । अहिले पनि ओलीमा कुनै परिर्वतन देखिदैन । जसले पार्टी निर्माण ग¥यो । तिनै हस्तीहरु एमालेमा नरहने स्थिती बन्यो । रहेकाहरुले पनि ओली प्रवृतिको विरोध वा आलोचना गर्ने अवस्था छैन् । एउटा अंहकारले शक्तिशाली पार्टी कसरी समाप्तीको दिशा तर्फ जान्छ भन्ने गतिलो उदाहरण देखिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij