Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साउन १ बाट इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही


  • शुक्रबार, जेष्ठ २० २०७९

  • साउन १ बाट इम्बोस्ड नम्बर प्लेट जडान नगरे  कारबाही

    काठमाडौं -०७९ साउन १ गतेभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । इम्बोस्ड नम्बर प्लेट जाडन नभए साउन १ गतेबाट कारबाही हुने यातायात व्यवस्था विभागले जनाएको छ ।
    वागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारीहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने विभागले जनाएको छ ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची–२, भाग–२ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ४ को उपनियम (४) मा रहेको प्रावधान कार्यान्वयन गर्न लागिएको विभागले जनाएको छ । प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयहरुमा दर्ता रहेका सबै सवारीमा चरणबद्ध रुपमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न ०७८ कात्तिक २२ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको थियो ।

    वाग्मती प्रदेशको एकान्तकुना–ललितपुर र गुर्जुधारा–काठमाडौं र गण्डकी प्रदेशको पोखरा–कास्कीमा रहेका यातायात व्यवस्था कार्यालयहरुमा आवश्यक पूर्वाधारसमेत तयार गरिएको विभागले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij