Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रियसभामा नीति तथा कार्यक्रम बहुमतले पारित


  • शुक्रबार, जेष्ठ १३ २०७९

  • राष्ट्रियसभामा नीति तथा कार्यक्रम बहुमतले पारित

    काठमाडौं– आर्थिक वर्ष २०७९–८० को बजेटको सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार राष्ट्रियसभामा सरकारको नीति तथा तथा कार्यक्रमको छलफलमा परेको संशोधनको माग खारेज गर्दै बहुमत सदस्यहरुले नीति तथा कार्यक्रम पास गरेको हो ।

    जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम हुन्छ वा हुँदै भन्दै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभालाई सोध्दा बहुमत सदस्यले हुन्छ भनेर पास गरेका छन् ।

    योसँगै आगामी जेठ १५ गते दिउँसो ३ बजे सरकारले दुबै सदनको संयुक्त सभामार्फत आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्ने भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij