काठमाडौं – जेठ २ गते नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमण तालिका तयार भएको छ । प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनी अन्तराष्ट्रिय विमान स्थालमा ओर्लने छन । उनलाई परराष्ट्र मन्त्री डा. नारायण खड्काले स्वागत गर्ने कार्यक्रम छ । मन्त्री खड्काले मोदीसंग शिवटाचार भेट गर्ने छन ।
मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शेरवहादुर देउवाले लुम्बिनीमा मोदीको सम्मानमा दिवा भोज दिने छन ।
लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभाहलमा बुद्धजयन्ती मनाउने तयारी भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
