Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखा नगरमा पुराना अनुहार रोज्ने कि नयाँ भविष्य खोज्ने ?


  • आइतबार, बैशाख २५ २०७९

  • टोखा नगरमा पुराना अनुहार रोज्ने कि नयाँ भविष्य खोज्ने ?

    काठमाडौं– काठमाडौंको उत्तरीभेगको काँठ क्षेत्रमा रहेको टोखा नगरपालिका धेरै दृष्टिकोणबाट विशेष छ । उत्तरमा शिवपुरी राष्ट्रिय निकुञ्जदेखी दक्षिणमा चक्रपथसम्म फैलिएको यो नगर केबल भुगोल मात्र होइन, एउटा जिवन्त बस्ती हो ।
    संघीय राजधानीको बढ्दो जनघनत्व र रैथाने मानिसको मिश्रित बस्ती यसको खास विशेषता हो । सम्भावनाका दृष्टिले प्रचुर सम्भावना बोकेर पनि यो नगरले अहिलेसम्म आफ्नो छुट्टै र मौलिक परिचय स्थापित गर्न सकेको छैन् ।
    साविक गाविस झोर महांकाल, टोखा चण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोंगबु मिलेर टोखा नगरपालिका नामाकरण भएको यो नगरपालिकाले पहिलो पाँच वर्ष नगरको अभ्यास ग¥यो । नेकपा एमाले नेतृत्वको नगरपालिकाले पाँच वर्षमा के गर्नु पथ्र्यो र के ग¥यो भन्ने आसन्न स्थानिय तहको निर्वाचनमा समिक्षा हुन आवश्यक छ ।
    काठमाडौंको दश वटा नगरपालिकाको मुल्यांकन गर्ने हो भने टोखा पुच्छारमा पुगेको छ । नगरबासीले हाम्रो पनि नगरपालिका छ भन्ने अनुभुति समेत गर्न नपाई पाँच वर्ष बर्वाद हुन पुग्यो ।
    अख्तियारको आँखा निरन्तर टोखा नगरपालिका माथि प¥यो । नगरबासीको सुखदुख, भौतिक र अभौतिक विकासमा पहुँच र अभिभावकिय भुमिका निर्वाह गर्न नगरपालिकाको नेतृत्व नराम्रो संग चुक्यो । स्रोतको वितरणमा अपारदर्शीता, सोचमा परम्परागत र रुढिबाद नगरबासीका लागि अभिसाप बन्न पुग्यो ।
    सडक, खानेपानी, सार्वजनिक शौचालय, फोहोर व्यवस्थापन, सामाजिक सुरक्षा, शिक्षा जस्ता क्षेत्रमा नगरले गर्व गर्न सक्ने कुनै काम गर्न सकेन । सतहि योजना, फितलो अनुगमन र संकुचित दृष्टिकोणको कारण नयाँ नगरले नयाँ अभ्यास प्रारम्भ नै गर्न सकेन ।
    टोखाको पहिचान यहाँको सांस्कृतिक धरोहरको संरक्षण, मौलिक जीवन शैलीको संरक्षण, जात्रा पर्वर रितिरिवाजलाई नगर नेतृत्वले आत्मसात गर्न सकेन ।
    टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलको नेतृत्व परम्परागत र साँघुरो घेरामा सिमित बन्न पुग्दा नगरबासी र नगरपालिका विचको खाडले गहिरिदैं गयो । हरेक कुरामा उदासिन नगर नेतृत्व प्रति आश मार्न बाहेक नगरबासीसंग अरु विकल्प रहेन ।
    यतिबेला फेरी स्थानिय निर्वाचन आएको छ । एमालेबाट पुरानै अनुसार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसले नयाँ अनुहार अघि सारेको छ । प्रमुखमा रजनी थापा र उपप्रमुखमा मुरारी तामाङले पुराना अनुहारलाई चुनौति दिइरहेका छन् । माओवादी केन्द्रले शेखर श्रेष्ठलाई अघि सारेको छ । उनी पनि नयाँ अनुसार हुन ।
    प्रकाश र ज्ञानमायाको नेतृत्व परिक्षामा असफल भइसकेको छ । रजनी र मुरारीको नेतृत्व परिक्षण हुन बाँकी छ । मतदाताका सामु पुराना रोज्ने की नयाँ भविष्य रोज्ने भन्ने बिकल्प अघि छ । बाँकी जनता जर्नादनको फैशला ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij