Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु


  • बुधबार, चैत्र १६ २०७८

  • सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु

    काठमाडौं– गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको आज बिहान ८ः ३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो ।

    घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएकामा उनीहरुको घटनास्थलमै  मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ । सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij