Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

६ एसपीको काज सरुवा मोरङ ,शिन्धुपाल्चोक र नवलपरासीको प्रमुख फेरिए


  • मंगलबार, चैत्र १५ २०७८

  • ६ एसपीको काज सरुवा मोरङ ,शिन्धुपाल्चोक र नवलपरासीको प्रमुख फेरिए

    काठमाडौ – सरकारले नेपाल प्रहरीका ६ एसपीको काज सरुवा गरेको छ । स्थानिय निर्वाचनको तयारी चलिरहदा केहि महत्वपूर्ण जिल्लाको सुरक्षा प्रमुख फेरिएका हुन ।

    मोरङ को प्रमुखमा एसपी शान्तिराज कोइराला लाई पठाइएको छ ।मोरङका एसपी जनार्दन जिसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा ल्याइएको छ। रामेश्वरप्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक काज सरुवा गरिएको छ । त्यहाँका राजन अधिकारीलाई अख्तियार पठाईएको छ ।

    गण्डकी प्रदेश मुख्यालय कास्कीमा रहेका ऋषिराम कँडेललाई पश्चिम नवलपरासीको प्रहरी प्रमुखमा काज सरूवा गरिएको छ ।मनोजकुमार यादवलाई गण्डकी प्रदेश गण मुख्यालय पोखरा सरुवा गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij