काठमाडौं – सरकारले नेपाल प्रहरीमा काज सरुवालाई तिव्रता दिन थालेको छ । ६ जना एसपीको काज सरुवा गरेका केहि दिनमा नै १० डिएसपीको काज सरुवा भएको छ ।
विषेश परिस्थितिमा मात्रै काज सरुवा गर्न पर्ने भए पनि सरकारले मनलाग्दी काज सरुवा गर्न थालेको हो । सरुवा हुनेमा केहि जिल्ला प्रमुख र काठमाडौंका वृत्त प्रमुख समेत छन ।
रसुवामा डिएसपी कुलदिप चन्द, दोलखामा गंगाप्रसाद पौडेल र रामेछापमा राजकुमार थिङको जिल्ला प्रहरी प्रमुखमा काज सरुवा भएको छ । यसैगरी सातदोबाटो वृत्तमा मदन केसी र चापागाउँ वृत्तमा द्धारिका घिमिरे को काज सरुवा गरिएको छ ।
केहि दिन अघि चितवन , महोत्तरी र बर्दिया का एसपीको काज सरुवा गरिएको थियो ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
