काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । आइतबार सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।
प्रस्ताव दर्ता गराउन सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सांसद गगन थापा, माओवादी केन्द्रका देव गुरुङ, नेकपा (एकीकृत समाजवादी)का सांसद जीवन श्रेष्ठ संसद सचिवालय गएका थिए ।
जवराले सरकार सहित सम्बैधानिक निकायमा भाग खोजे पछि उनी विवादको उत्कर्षमा पुगेका थिए । उनको विरुद्ध नेपाल वार एशोसियसनले आन्दोलन गरिरहको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
