काठमाडौं– स्थानीय तहको निर्वाचनसम्बन्धी प्रक्रिया तत्काल सुरु गर्न सरोकारवालाहरूले माग गरेका छन् । स्थानीय सरकारका प्रतिनिधमूलक संस्थाहरू गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आग्रह गरेका हुन् ।
उनीहरूले संविधान र स्थानीय तह निर्वाचन ऐनले एक दिन पनि जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेकोतर्फ पनि नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।
स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम २०७४ सालमा तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमशः २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिने भएकोले दोस्रो कार्यकालका लागि तत्काल निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने उनीहरूको माग छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
