Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देशका अधिकांश ठाउँमा वर्षा


  • बुधबार, पुष १४ २०७८

  • देशका अधिकांश ठाउँमा वर्षा

    काठमाडौं- काठमाडौंलगायत देशका अधिकांश ठाउँमा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि हल्कादेखि मध्यम वर्षा भएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको छ ।

    बुधबार देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरूका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij