Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले अध्यक्षमा पुनः ओली निर्वाचित


  • मंगलबार, मंसिर १४ २०७८

  • एमाले अध्यक्षमा  पुनः ओली निर्वाचित

    काठमाडौं –  नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा भएको निर्वाचनमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन् । आज बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले उनका प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै निर्वाचित बनेका हुन् । ओलीले १८४० र रावलले २२३ मत ल्याए ।

    नेकपा एमालेको दसौं महाधिवेशनमा नयाँ कार्यकालका लागि १९ जना पदाधिकारी चुनिएका छन्। तीमध्ये पाँच जना निर्विरोध चुनिएका छन् भने १४ जनाले चुनावी प्रतिष्पर्धा गरेका छन्।

     

    एमालेका नयाँ पदाधिकारी

    अध्यक्ष- केपी शर्मा ओली (१८०८)

    वरिष्ठ उपाध्यक्ष- ईश्वर पोखरेल (निर्विरोध)

    महासचिव- शंकर पोखरेल (निर्विरोध)

    उपाध्यक्षहरू

    अष्टलक्ष्मी शाक्य (१९७६)

    सुरेन्द्र पाण्डे (१९२५)

    सुवास नेम्वाङ (१८६५)

    विष्णु पौडेल (१८५६)

    युवराज ज्ञवाली (१८४२)

    रामबहादुर थापा ‘बादल’ (१७६८)

    उपमहासचिवहरू

    प्रदीप ज्ञवाली (निर्विरोध)

    पृथ्वीसुब्बा गुरूङ  (निर्विरोध)

    विष्णु रिमाल (निर्विरोध)

    सचिवहरू

    गोकर्ण विष्ट (१९७६)

    योगेश भट्टराई (१९६४)

    पद्मा अर्याल (१८००)

    छबिलाल विश्वकर्मा (१८००)

    लेखराज भट्ट (१७०४)

    टोपबहादुर रायामाझी (१७००)

    रघुवीर महासेठ (१५१३)

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij