काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बिरोधमा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास हुने भएको छ ।
नेपाल बार एशोसिएशनलगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा मार्चपास गर्न लागेका हुन् ।
प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग गर्दै नेपाल बार एशोेसिएशन, बृहत् नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघलेमार्चपास गर्ने भएका हुन् ।
प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गर्दै सर्वोच्च अदालतबाट दिउँसो २ बजे सुरू हुने न्याय मार्चपास वालुवाटार पुगेर सकिने जनाइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
