Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अब ‘वाईवाई मिसेस नेपाल वर्ल्ड’ काे नामबाट संचालन हुने


  • बिहिबार, मंसिर २ २०७८

  • अब ‘वाईवाई मिसेस नेपाल वर्ल्ड’ काे नामबाट संचालन हुने

    काठमाडौं– विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको नेपालको सबैभन्दा ठूलो र सफल प्रतियोगिता मिसेस नेपाल इन्टरनेसनलको आयोजक संस्था रिबन इन्टरटेनमेन्टले यस वर्षदेखि मिसेस नेपाल वर्ल्डको आधिकारिक फ्रेन्चाईजी प्राप्त गरेसँगै मिसेस नेपाल वर्ल्डका रुपमा हुने प्रतियोगिता अब वाईवाई मिसेस नेपाल वर्ल्डका नाममा हुने भएको छ।

    अन्तर्राष्ट्रिय रुपमा ख्याति आर्जन गरेको मिसेस वर्ल्डको फ्रेन्चाईजीमा जोडिएसँगै चौधरी ग्रुपको लोकप्रिय चाउचाउ वाईवाई समेत यो साैन्दर्य प्रतियोगितामा सामेल भएपछि यो प्रतियोगिता वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१ का नाममा हुने आयोजक संस्थाका अध्यक्ष निशु कान्त झाले जानकारी गराएका छन्। झाका अनुसार मिसेस नेपाल वर्ल्डसँगै सोहि स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिनेछ।

    यी तीनै प्रतियोगिताका लागि आगामी शनिवार पूरानो वानेश्वरस्थित डाइनिङ पार्कमा अडिसन हुनेछ भने आवेदन संस्थाको शंखमूलस्थित कार्यलय तथा नयाँ वानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलबाट प्राप्त गर्न सकिनेछ।

    विभिन्न वर्ग र उमेरका प्रतिभाशाली व्यक्तिहरुको व्यत्तित्व र क्षमता बृद्धिका लागि विभिन्न प्रतिभामुलक स्पर्धा तथा सौन्दर्य प्रतियोगिता गर्दै आएको रिबन इन्टरटेनमेन्टले मिसेस नेपाल वर्ल्डको विजेतालाई आगामी २०२२ को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएको छ। यता मिसेस नेपाल इन्टरनेसनलको पाँचौ संस्करण सन् २०१९ मा सम्पन्न भए पनि कोभिड १९ का कारण २०२० मा स्थगित हुन पुगेको थियो भने यस वर्षदेखि परिमार्जित रुपमा यसलाई अगाडि बढाइनेछ।

    यो वर्ष मिसेस वर्ल्डमा नेपालको पहिलो सहभागिता हुनेछ भने मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने छन्।

    अस्विनी झाको कोरियोग्राफी रहने यी प्रतियोगिताको नियमित तालिम र प्रशिक्षण मंसिर ८ गतेदेखि नयाँ बानेश्वर स्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij