Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्डमा ५ जना कला पत्रकार सम्मानित हुने


  • सोमबार, कार्तिक १५ २०७८

  • साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्डमा ५ जना कला पत्रकार सम्मानित हुने

    काठमाडौं – साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ मा कला पत्रकारिताको माध्यमबाट कला क्षेत्रको विकास र विस्तारका लागि क्रियाशील ५ जना कला पत्रकारहरु सम्मानित हुने भएका छन् ।
    आयोजक समितिका मनोज थापाका अनुसार यस वर्ष वरिष्ठ पत्रकार विदुर गिरीलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान प्रदान गरिने भएको छ । यो सम्मान कला पत्रकारितामा २५ वर्ष भन्दा लामो समयदेखी सक्रिय गिरीलाई प्रदान गर्न लागिएको हो ।
    त्यसैगरी अवार्डमा कृष्ण भुषाल, विष्णु सुवेदी, सुमन बैरागी र शिवराम भण्डारीलाई सगरमाथा कला पत्रकारिता सम्मान प्रदान गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।
    सगरमाथा म्युजिक अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा हुन लागेको हो । अवार्ड यहि कार्तिक २६ गते राजधानीको रसियन कल्चर सेन्टरमा हुनेछ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij