काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ सम्मेलनको विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलायत प्रस्थान गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवा नोभेम्बर १ (कात्तिक १५) मा कोप २६ को उद्घाटनमा समारोहलाई सम्बोधन गर्ने छन । प्रधानमन्त्री देउवा साइडलाइन बैठन हरुमा समेत सहभागी हुने छन । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले बेलायतको नेपाली समाज, पूर्वगोर्खा लगाएत संग भेट्ने कार्यक्रम छ ।
वेलायत स्थीत नेपाली राजदुतावासले प्रधानमन्त्री को सम्मानमा कार्यक्रम आयोजना गर्ने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
