Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

१४ न्यायाधिशले फुलकोर्ट बहिष्कार गर्ने , प्रधानन्यायाधिश थप अप्ठयारोमा


  • आइतबार, कार्तिक ७ २०७८

  • १४ न्यायाधिशले फुलकोर्ट बहिष्कार गर्ने , प्रधानन्यायाधिश थप अप्ठयारोमा

    काठमाडौं – प्रधानन्यायाधिश चलेन्द्र शमसेर जवराले बोलाएको फुलकोर्ट सर्वोच अदालतका १४ न्यायाधिशले बहिष्कार गर्ने निर्णय गरेका छन ।
    न्यायाधिशहरु दीपक कार्की, मिरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, वमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदीले फुलकोर्ट वहिष्कार गर्ने निर्णय गरेका हुन ।
    बार पदाधिकारीसंगको भेटमा प्रधानन्यायधिश जवराले इजलाश तोक्दा गोलाप्रथा गर्ने र फुलकोर्ट बोलाउने बताएका थिए ।
    आजै न्यायाधिशहरुले प्रधानन्यायाधिशका कारण अदालत विवादमा तानिएको भन्दै छलफल गरेका थिए ।
    न्यायाधिशहरुले सामूहिक छलफल बहिष्कारको निर्णय गरे पछि जवरा थप अप्ठयारोमा परेका छन । न्यायालयको विवाद थप पेचिलो बन्दै गएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij