काठमाडौँ – नेपाल वार एशोसिएसनले न्यायीक सुधारका लागी प्रधानन्यायाधिश चोलेन्द्र शमसेर राणालाई १५ दिनको अल्टिमेटम दिएको छ । न्यायाधिश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न समेत वारले माग गरेको छ ।
सम्बैधानिक परिषद र सरकारमै राणाले हिस्सा खोजे पछि उनी विवादको घेरामा परेका छन । इजलास तोक्न गोल प्रथा गर्न प्रधानन्यायाधिशले नमाने पछि थप विवाद बढेको छ ।
आजै पूर्व न्यायाधिश हरुको फोरमले समेत प्रधानन्यायाधिशलाई निकास दिन आग्रह गरेको थियो । पूर्वन्यायाधिशहरुले प्रधानन्यायाधिशले निकाश नदिए संसदले निकाश दिनु पर्ने भन्दै घुमाउरो ढंगवाट महाअभियोग तर्फ संकेत गरेका छन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
