कास्की– कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। पोखराबाट घान्द्रुक जान सोमबार दिउँसो २ बजे छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।
जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बाँच्न सफल भएका छन्।
उनीहरूको प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेको छ।
घान्द्रुकको कलाभीरमा पुगेर जीप मोदी खोलामा खसेको स्थानीयबासीले बताएका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
