Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीद्धारा गण्डकी प्रदेश साक्षर भएको घोषणा


  • आइतबार, असोज २४ २०७८

  • प्रधानमन्त्रीद्धारा गण्डकी प्रदेश साक्षर भएको घोषणा

    काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेश साक्षर भएको घोषणा गरेका छन्। आज पोखरामा आयोजित कार्यक्रममा उनले गण्डकी प्रदेश साक्षर भएको घोषणा गरेका हुन्।
    गण्डकी प्रदेशको शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले प्रदेश साक्षर घोषणा गर्ने कार्यक्रम राखेको थियो।

    साथै प्रधानमन्त्रीले पोखरा महानगर ९ नयाँ बजारमा रहेको क्षेत्रीय संग्रहालय परिसरमा साक्षर गण्डकी प्रदेशको स्तम्भ पनि अनावरण गरेका छन्।
    प्रधानमन्त्री देउवा पोखरा सभागृहमा आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा पनि सहभागी भएका थिए। प्रधानमन्त्री देउवाले शिक्षामा सबैलाई समान अवसर दिइने पनि बताएका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij