Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप १,२३९ जनामा कोरोना संक्रमण


  • बिहिबार, असोज ७ २०७८

  • थप १,२३९ जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा १,२३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा १,३२४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा २४५, ललितपुरमा १०७, झापामा ८६, मोरङमा ५६, भक्तपुरमा ५२ र कास्कीमा ४७ जना संक्रमित भेटिएाका छन् ।
    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ । जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसनमा र १,३०६ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३४० जना आईसीयूमा उपचाररत छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij