Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले लिए सपथ


  • बुधबार, भाद्र ३० २०७८

  • प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले लिए सपथ

    विराटनगर- प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

    उनै पाँच मन्त्रीले सपथ लिएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसी न्यौपाने र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापाले सपथ लिएका छन् ।

    यस्तै, उद्योग राज्यमन्त्रीमा उत्तम बस्नेत, भूमि व्यवस्था राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा लिला बल्लभ अधिकारीले पनि सपथ लिएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij