Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अब ‘सक्किगोनी’ पनि आफ्नै युट्युवमा


  • बुधबार, भाद्र ३० २०७८

  • अब ‘सक्किगोनी’ पनि आफ्नै युट्युवमा

    काठमाडौं– चर्चित हाँस्यटेलिसिरियल ‘सक्किगोनी’ अन्ततः आफ्नै युट्युव च्यानल मार्फत आउने भएको छ। यस अघि युट्युव राइटस् ओ एस आर डिजिटलले लिएको थियो। ओएसआर संगको सम्झौता अवधी सकिएको र नयाँ सम्झौता नभएको कारण ‘सक्किगोनी’को आफ्नै युट्युव च्यानल जेपिटी (जिग्री पाँडे टिम) क्रिएसन अफिसियलबाट सार्वजनिक हुने भएको हो। अब विहिबार राती ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियल बाट आउने भएको छ।

    ओएस आर डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युवबाट प्रसारण गर्ने निर्णय गरिएको ‘सक्किगोनी’का कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्रीले जानकारी दिए ।

    ओएसआरसँग ५२ भागसम्मको सम्झौता थियो तैपनि ६० भाग प्रसारण भइसकेको छ । अब हाम्रो आफ्नै च्यानलमा ल्याउने निर्णय गरेका हौं। जिग्रीले जेपिटी क्रियसन अफिसियलबाट आउनुको कारण खुलाए। लामो समय देखि सक्किगोनीु जस्तो सिरियल आफ्नै आधिकारिक युट्युव च्यानलबाट आउँनु पर्ने शुभचिन्तकहरुको माग थियो।

    जिग्रीका अनुसार भविष्यमा कुनै युट्युव च्यानलसंग डिजिटिल राइटस्को सम्झौता नभएको खण्डमा जेपिटी क्रियसन बाटै आउने स्पष्ट पारे। आफ्नै आधिकारीक युट्युव च्यानल मार्फत आउने भएपछि आफूहरु थप हौसला र चुनौतीको रुपमा काम गर्न अगाडि बढेको टिमको भनाई रहेको छ।

    पछिल्लो समयमा सिर्जना गर्ने सर्जकहरुको स्वामित्वमा सञ्चालित युट्युव मार्फत धेरै सिरियलहरु आउने क्रम सुरु भईसकेको भएता पनि ‘सक्किगोनी’ भने अन्य युट्युव मार्फत आइरहेको थियो।

     

    https://www.youtube.com/c/jptcreationofficial

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij