Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संखुवासभा सामूहिक हत्यामा संलग्न आरोपी लोकबहादुर कार्की सार्वजनिक


  • आइतबार, भाद्र २७ २०७८

  • संखुवासभा सामूहिक हत्यामा संलग्न आरोपी लोकबहादुर कार्की  सार्वजनिक

    काठमाडौं– प्रहरीले संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ । संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले कार्कीलाई सार्वजनिक गरेको हो । कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो ।
    कार्कीले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ ।
    गत सोमबार ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
    प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij