Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि


  • शुक्रबार, भाद्र २५ २०७८

  • थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    गत २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने १ हजार ६६० जना संक्रमणमुक्त भएका छन् ।

    नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ । तीमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् भने हालसम्म १० हजार ९२४ जनाको मृत्यु भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij