Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप १२७१ जनामा कोरोना संक्रमण पुष्टि


  • बिहिबार, भाद्र २४ २०७८

  • थप १२७१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – पछिल्लो २४ घण्टामा थप १२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षणमा १०५८ र ३०४६ एन्टिजेन परीक्षणमा २१३ जना गरी १२७१ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १८४५ रहेको छ भने कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७४ हजार ५८७ पुगेको छ । तीमध्ये १० हजार ९०३ जनाको मृत्यु भएको छ भने ७ लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij