Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार


  • बुधबार, भाद्र २३ २०७८

  • वागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

    काठमाडौं– बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन्। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएकी हुन् । नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्य आन्तरिक मामिला तथा कानुन मन्त्रालय, रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रालय, विजय सुवेदी सामाजिक विकास मन्त्रालय, प्रदीपकुमार कटुवाल स्वास्थ्य, शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, चन्द्र लामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय छन् ।
    यस्तै नवनियुक्त राज्यमन्त्री हरुमा जुनेलीमाया श्रेष्ठ स्वास्थ्य मन्त्रालय, जीवन खड्का भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, सरस्वती वाटी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र बद्री मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय छन् ।
    यसअघि नै मन्त्री नियुक्त भएका केशवराज पाण्डेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij