Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२४ घण्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि


  • आइतबार, भाद्र २० २०७८

  • २४ घण्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं– पछिल्लो २४ घण्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस दिन कुल ७ हजार ९७१ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु पुष्टि भएको छ।

    यीसहित हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५३४ जना कोरोनाबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार हालसम्म संक्रमितमध्ये ९४.५ प्रतिशत निको भइसकेका छन् भने १.४ प्रतिशतको मृत्यु भएको छ। बाँकी ४ प्रतिशत सक्रिय संक्रमित छन्।

    सक्रिय संक्रमितको संख्या देशभर ३१ हजार २४८ पुगेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij