Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप २०५२ जनामा कोरोना संक्रमण पुष्टि


  • बुधबार, भाद्र १६ २०७८

  • थप २०५२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं– २४ घण्टामा २ हजार ५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यसैगरी सोही अवधिमा ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
    मन्त्रालयको तथ्यांकमा कोरोना संक्रमित भन्दा निको हुने बढी देखिएको हो । बितेको २४ घण्टामा १४ हजार ९३५ जनामा कोरोना परीक्षण भएको थियो ।
    यस्तै बितेको २४ घण्टामा २० जनाले ज्यान गुमाएको समेत मन्त्रालयले जनाएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० जना पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij