काठमाडौं– बागमती प्रदेशका समाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजीनामा दिएका छन्। उनले आज बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भेटेर मन्त्री पदबाट राजीनामा दिएका हुन्।
शर्माले मंगलबार नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका थिए। उनी एकीकृत समाजवादीमा केन्द्रीय सदस्य छन्।
मंगलबार बागमती प्रदेशका १२ जना एमाले सांसदले पार्टी परित्याग गरी एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका थिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
