Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुदूरपश्चिममा १० सांसदले रोजे एकीकृत समाजवादी


  • मंगलबार, भाद्र १५ २०७८

  • सुदूरपश्चिममा १० सांसदले रोजे एकीकृत समाजवादी

    धनगढी – नेकपा एमालेका १० सुदूरपश्चिम प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । तीन जनाको भने कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन ।

    सूदुरपश्चिममा मंगलबार १० सांसदले प्रादेशिक निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका छन् । एकीकृत समाजवादी रोज्नेहरुमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी, मना साउद, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, लालबहादुर खड्का र चुनकुमारी चौधरी छन् ।
    निर्वाचन आयोगको कार्यालयमा पुगेका सांसदहरु दीर्घ सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन ।
    राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि माधवकुमार नेपाल समूहले एमाले छाडेर एकीकृत समाजवादी बनेको थियो । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ ।
    ५२ सदस्यीय सुदूरपश्चिमको प्रदेश सभा एमालेका २५ सांसद थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij