Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप २२९५ जनामा कोरोना संक्रमण


  • सोमबार, भाद्र १४ २०७८

  • थप २२९५ जनामा कोरोना संक्रमण

    काठमाडौं– पछिल्लो २४ घण्टामा २२९५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६२३३ जनामा गरिएको परीक्षणमा २२ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार १८०८ जना निको भएर फर्किएका छन् भने १६ जनाको मृत्यु भएको छ । अहिले देशभर ३५ हजार ८ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् ।

    मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार यसबेला देशभर ५६८ जना संक्रमितहरु सघन उपचार कक्षमा उपचाररत रहेका छन् भने १६० जना भेन्टिलेटरमा रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij