काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा नेपाली को उपस्थिती र अवस्थाका वारेमा तथ्य लिन र उद्धारको व्यवस्था मिलाउन निर्देशन दिएका छन । अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता कब्जामा लिए पछि पस्थीति अन्यौलग्रस्त छ ।
अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको प्रधानमन्त्री देउवाले जनाएका छन ।
सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो l सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ l प्रधानमन्त्री देउवाले भनेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
