काठमाडौं – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
स्वास्थ्य उपकरण खरिद, लगायतका विषयमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि अख्तियारको काठमाडौं र इटहरीस्थित कार्यालयको संयुक्त टोलीले प्रतिष्ठानमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ। खरीद सम्बन्धि कागजातहरु नियन्त्रणमा लिएको अख्तियार स्रोतको भनाइ छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
