Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालका लागि ५ करोड ५० लाख खोपको आवश्यकता पर्छ – स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ


  • बिहिबार, साउन २८ २०७८

  • नेपालका लागि  ५ करोड ५० लाख खोपको आवश्यकता पर्छ –  स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म १ करोड ८ लाख खोप नेपाल आइपुग्ने सुनिश्चित भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै श्रेष्ठले नेपालका लागि कुल ५ करोड ५० लाख खोपको आवश्यकता पर्ने बताए । असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए ।

    नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्‍याएको उनले जानकारी दिए । हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको भन्दै उनले भने, ‘असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको छ ।’ सरकारले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५/१६ वटा जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने उनले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij