Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले गरे पदभार ग्रहण


  • बुधबार, साउन २७ २०७८

  • प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले  गरे पदभार ग्रहण

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । आज रत्नपार्कस्थित कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनलाई प्राधिकरणमा कर्मचारीहरूले स्वागत गरेका थिए ।

    यसअघि, आजै उनले नियुक्तिपत्र बुझेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीबाट उनले नियुक्तिपत्र लिएका हुन् । कुलमान घिसिङले करिब ११ महिनापछि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा पदबहाली गरेका छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij