Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


  • मंगलबार, साउन २६ २०७८

  • थप ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं– पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर हजार ६५१ जनामा संक्रमण पुष्टि भएको थियो ।

    मन्त्रालयका अनुसार मंगलबार १९ हजार १२३ जनामा गरिएको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३५ जनाको मृत्यु भएको छ भने २११५ जना संक्रमणमुक्त भएका छन् ।

    यससँगै देशभर कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख २० हजार नाघेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ ।

    संक्रमितमध्ये हालसम्म ६ लाख ७३ हजार १९८ जना निको भएका छन् भने १० हजार १५० जनाको मृत्यु भएको छ । हाल देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित रहँदा १७६ जना भेन्टिलेटर र ७६१ जना आईसीयूमा रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij