Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआरएन अस्ट्रेलियामा ज्ञानेन्द्र र देब गुरुङको टोली अगाडि


  • शुक्रबार, साउन १५ २०७८

  • एनआरएन अस्ट्रेलियामा ज्ञानेन्द्र र देब गुरुङको टोली अगाडि

    यसै महिनाको जुलाइ ३१ तारिखमा आयोजना हुने एनआरएन अस्ट्रेलियाको निर्वाचनमा हाम्रो एनआरएन र राम्रो एनआरएन नाराका साथ डा ज्ञानेन्द्र रेग्मी समावेशी टिम बोकेर मैदानमा उत्रने भएका छन । प्रवक्ता र वर्तमान महासचिबका रुपमा एनआरएनएलाई नजकवाट नियालेका डा रेग्मी अस्ट्रेलियन सरकारका वरिष्ठ इन्जिनियर समेत हुन । इन्जिनियरीङमा बिद्यावारीधि गरेका डा रेग्मीको नेतृत्वमा यस पटक सबैखाले बिचारको प्रतिनिधित्व हुने साझा उमेदबारहरु एनआरएन अस्ट्रेलियाको निर्वाचनमा होमिएका छन । डेमोक्रयाटीक समुहवाट आधिकारीक रुपमा अगाडि बढाइएका रेग्मीले सबैखाले बिचारका व्यक्तीहरुलाई समेत टिममा सामेल गराएर यस पटक चुनाबी प्रकृयामा होमिएका हुन । यस पटक रेग्मीको टोलीमा उपाध्यक्ष तथा एनएसडब्लुको संयोजकमा देब बहादुर गुरुङ रहेका छन । यस पटक अध्यक्षका प्रवल दाबेदार मानिएका बर्तमान उपाध्यक्ष देबले एनआरएन अस्ट्रेलियामा देखिएको सिन्डिकेट विरुद्ध आफु यस पटक सोही पदमा मैदानमा उत्रने कुरामा चित्त बुझाएका छन । यो समुहको महासचिबमा भने पुर्व कोषाध्यक्ष तथा बाम बिचार बोकेका अच्युत थपलिया रहेका छन । डा रेग्मी समुहको सचिबमा प्रभावशाली युवा तिर्थराज कार्की तथा युवा संयोजकमा सीडनीका चर्चित युवा अभियन्ता महेश प्रशाइ रहेका छन । सह कोषाध्यक्षमा कर्ण यादव मैदानमा उत्रिएका छन । यी सबै उमेदबार फरक बिचार र सिद्धान्त बोक्ने भएता पनि एनआरएन अभियानमा भने सबै सामुहिक भावनाले एउटै मालामा उनिएको उनिहरुको ठहर छ । यस्तै यो समुहवाट आइसीसी सदस्यहरुमा पुराना खेलाडी, अन्त्राष्ट्रिय रेफ्री तथा अभियन्ता राज कुमार अधिकारी, सरोज पाण्डे, मल्टी डाइनामिकका मेघराज पौडेल, पुर्व युवा संयोजक धर्म अधिकारी, इन्जिनियर अनन्त एलेक्स कार्की, मेलवर्नका सन्चारकर्मी दिक्पालदेव पगेंनी, सुर्खेत समाजका अध्यक्ष चन्द्र प्रकाश ढकाल र चिन बहादुर नेपाली रहेका छन । यस्तै कार्यकारी समीतीको सदस्यहरुमा राजु गिरी, अशोक उप्रेती, दामोदर अधिकारी, बिशाल पोखरेल, कृष्ण सुबेदी ,कमल भण्डारी रहेका छन । केन्द्रिय युवा समितीको उप संयोजकमा बद्री बरुवाल र सचिबमा सुजन न्यौपाने चुनाबी मैदानमा उत्रेका छन ।

    यस्तै एनएसडब्लुको डेपुटी कोअर्डिनेटरमा स्वीकृती भट्ट तथा सचिबमा अनिल पौडेल र कोषाध्यक्ष उद्धब विष्ट र सह सचिबमा प्रेम महरा तथा युवा
    संयोजकमा कलाम खड्का चुनाबी मैदानमा उत्रिएका छन ।
    परोपकारी कार्य गर्न आउने मनसायमा एनआरएनमा आउदैगर्दा मेरो र तेरो हैन हामी सबैको भन्ने भावना बोक्नुपर्छ भन्ने हाम्रो मुल मन्त्र हो ,रेग्मीले भने । सामुहिक भावनामा हाम्रो अर्थात सबैको साझा संस्थाका रुपमा राम्रो बनाउने अभियान बोकेर यस पटक एनआरएन अस्ट्रेलियाको अध्यक्ष पदमा उमेदवारी दिने निर्णयमा पुगेको बताउछन डा रेग्मी । एक कार्यकाल प्रवक्ता र एक कार्यकाल महासचिब भएर संस्थालाई साझा चौतारीका रुपमा अगाडि बढाउने मेरो प्रयासलाई निरन्तरता दिने क्रममा यस पटक अध्यक्ष पदमा प्रत्यासी बनेको छु ।
    मेरो र तेरो होइन हामी सबैको अनि राम्रो देखिने मात्र होइन सबैले हाम्रो भन्न पाउने एनआरएन बन्नु पर्छ भन्ने मेरो मुल्य र मान्यता हो ,उपाध्यक्ष देव गुरुङले बताए । एनआरएन अभियानको एउटा सीपाहीको रुपमा अगाडि बढदै गर्दा मन बचन र कर्मले संस्थाको हित र उन्नती अनि प्रगतीको वाटोमा अगाडि बढाउने योजनाका साथ सामुहिक भावना बोकेर चुनाबी मैदानमा उत्रिएको महासचिबका प्रत्यासी अच्युत थपलियाले सुनाए ।
    यसैले पनि यस पटक जुलाइ ३१ मा हुन गइरहेको एनआरएन अस्ट्रेलियाको निर्वाचनमा अत्यधिक भोट दिएर हाम्रो (सबैको) अनि राम्रो ( समान सहभागिता) हुने मेरो टीमलाई विजयी बनाउन सचिबका उमेदबार तिर्थ कार्कीले हार्दिक अपील गरेका छन । हामीले यसअघि पनि बिध्यार्थीको हक हितमा बृहत अभियान चलाउदै आएका थियौ तर यस पटक एनआरएनको छाता मुनी बसेर युवा जमातलाई अगाडि बढाऔ भन्ने सोचका साथ युवा संयोजकमा उमेदबारी दिएको म्याक्स अर्थात महेश प्रशाइले सुनाए ।
    यस्तै यसै समुहवाट एनएसडब्लुको कार्यसमीतीको सदस्यहरुमा निशान कार्की, बिर बहादुर राई,भोपीन्द्र कडेल, बिकाश झा,बिष्णु पौडेल,शंसाक बस्याल, दिपा जोशी, कन्चन कुमारी ठाकुर, जबलाल न्यौपाने, नारायण चौलागाइ, ,प्रमोद भट्टराई, रोबिन गौतम, सबीना श्रेष्ठ, समिता लामा , यदु ओली र सफल कार्की रहेका छन । कलाम खड्का युथ कोअर्डिनेटर रहेको युवा समितीमा डेपुटी युथमा अनुज पराजुली सदस्यहरुमा आयुष अधिकारी, बिमल बस्नेत, डोलराज ढकाल, सबला बस्नेत र सुमन ओली रहेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij