काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३,३६५ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर १४ हजार २४२ वटा स्वाब नमुना परीक्षण गरिएकोमा ३,३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लाे २४ घण्टामा १,३७३ जना संक्रमणमुक्त भएका छन् । यो अवधिमा कोरोनाका कारण थप १६ जनाको मृत्यु पुष्टि भएको मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ । याेसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९ हजार ८०७ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर आइसोलेसनमा २७,३५५ जना, संस्थागत आइसोलेसनमा ३,०३५ जना, आईसीयूमा ६३६ जना र भेन्टिलेटरमा १६० जना रहेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
