Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

योजना आयोगका उपाध्यक्ष र सदस्यहरुद्वारा सपथ ग्रहण


  • बिहिबार, साउन १४ २०७८

  • योजना आयोगका उपाध्यक्ष र सदस्यहरुद्वारा सपथ ग्रहण

    काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेका छन् । सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री देउवाले पौडेललाई सपथ ग्रहण गराएका हुन् ।

    प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई नियुक्त गरेको थियो ।

    सपथपछि उपाध्यक्षमा पौडेल तथा सदस्यद्वय फुयाँल र लिम्बुले आजै पदभार पनि ग्रहण गरेका छन् । यसको अध्यक्षता प्रधानमन्त्रीले गर्दछन् ।

    आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ । नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव समेत आयोगमा पदेन सदस्य रहन्छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij