Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ३८४० जनामा कोरोना संक्रमण


  • बुधबार, साउन १३ २०७८

  • थप ३८४० जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।

    पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३३ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij