Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख नियुक्त


  • मंगलबार, साउन १२ २०७८

  • गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचन  प्रदेश प्रमुख नियुक्त

    काठमाडौं– सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

    मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो । गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वी मान सिंह गुरुङलाई सिफारिस गरेको हो ।
    त्यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गरेको छ । प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij